कमजोर पारिवारिक आर्थिक अवस्था तथा अभिभावकहरुको मदिरा सेवन गर्ने बानीका कारण दुल्लु नगरपालिका वडानं. ०१ तल्लो डुङ्गेश्वर दैलेख बादी बस्तीका भोजन बादी, सुरेश बादी, नबिन बादी, महेन्द्र बादी, बिशाल बादी र टिकाराम बादीहरुले सडक जिबन बिताई रहेका थिए । उनीहरुका अभिभावकहरु अधिकांश समय भारतमा रोजगारीको लागि बस्ने गर्दथे । अभिभावक भएर पनि अभिभावक बिहिन भएका यि ६ जना बालकहरु अधिकांश समय सडकमा बिताउने, लागु औषध सेबन गर्ने तथा सडकमा मागेर खाने गर्दथे । २०७६ सालमा उनीहरुलाई सुर्खेत जिल्लामा रहेको बाल सुधार गृहमा राखिएको थियो । बाल सुधार गृहको कमजोर ब्यवस्थापनका कारण यि बालकहरु १ महिना पनि नबसी त्यहांबाट भागी सुर्खेत, काठमाण्डौं, दैलेख लगायतका बजारहरुमा पुनह सडक जिबन बिताउन लागे ।

यसै क्रममा २०७७ सालमा यि ६ जना बालकहरुलाई अभियन्ता हिक्मत बहादुर बादीले साबिक हिक्मत होस्टेलमा    (हाल बादी सरोकार मंच नेपाल) ल्याई उनीहरुलाई संरक्षण गर्नुका साथै सुर्खेतमा रहेका बिभिन्न निजी बिद्यालयहरुमा भर्ना गरी शिक्षा प्रदान गराईरहेका छन् । यसका अतिरिक्त उनीहरुले संरक्षण, शिक्षा, स्वास्थ्य सेवाहरु निशुल्क रुपमा प्राप्त गरिरहेका छन् । उनीहरु भन्छन, बादी सरोकार मंच नेपालद्धारा संचालित बाल सरक्षण केन्द्र (छात्रबास) मा बस्ने अवसर प्राप्त भएका कारण हाम्रो बिगतको अन्धकारमय जिबन हाल सकारात्क रुपमा फेरीएको छ । अब हामी धेरै पढेर योग्य नागरिक बन्ने छौं भन्ने आशा राखि अगाडी पढि रहेका छौं ।

क्र.सं.बालकको नामउमेरअध्यनरत बिद्यालयकक्षाभबिश्यको योजना
भोजन बादीसुर्योदय बोडिङ्ग स्कुलप्रहरी बन्ने
सुरेश बादी१२सुर्योदय बोडिङ्ग स्कुलगायक बन्ने
नबिन बादी१६अरनीको बोडिङ्ग स्कुलगायक बन्ने
महेन्द्र बादी१६अरनीको बोडिङ्ग स्कुलगायक बन्ने
बिशाल बादी१५अरनीको बोडिङ्ग स्कुलडक्टर बन्ने
टिकाराम बादी१२सुर्योदय बोडिङ्ग स्कुलडक्टर बन्ने

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Explore More

अधिकार र रोजगारीका लागि प्रदर्शन

सन् २०२१ को फेब्रुअरी २१ देखि मार्च १० सम्म कर्णाली प्रदेशका बादी समुदायका सदस्यहरुले कृषिका लागि भूमि, रोजगारी अवसर तथा अन्य विद्यमान समस्या समाधानको माग गर्दै मुख्यमन्त्री ...

बादी समुदायका बालबालिकालाई शैक्षिक सहायता

बाल संरक्षण केन्द्रको सहजीकरणमा सञ्चालित छात्राबासमा रहेका ७२ छात्रा र ५४ छात्रसहित बादी समुदायका १ सय २६ जना बालबालिका छन् ।

हिक्मतबहादुर बादीको उपलव्धि र नेतृत्व

Hikmat Bahadur Badi, President of Badi Sarokar Manch Nepal, received the National Social Welfare Award 2022 from the Institute of Social Welfare, Kathmandu. Hikmat Bahadur Badi was nominated as an