कार्यप्रविधि

BSMN has adopted the following approaches to the national agenda of federalism and development, outlined in the new Constitution of Nepal 2072, National Law 2074, Sustainable Development Goal (SDG), Country Development Plan (CDP), Fifteenth National Plan, Education for All (EFA), other National and International instruments and put into action in the BSMN Strategic Plan /Business Plan coupled with stakeholder’s needs and aspirations for social, political and economic changes. These are as follows: 

मानवीय र संस्थागत क्षमताका लागि अपनाइने अवधारणा र त्यसलाई अवलम्वन गर्ने तरिकाहरुः

  1. मानवीय क्षमता विकास (शिक्षा, स्वास्थ्य, पोषण, स्वच्छ पिउनेपानी र आवास, मनोसामाजिक स्वास्थ्य, सुस्वास्थ्यका मूलभूत तत्वका साथै जीविकोपार्जनमा सुधारका लागि महत्वपूर्ण साधन)
  2. आर्थिक क्षमता विकास (आम्दानीको क्षमता, सम्पत्ति आर्जन र उपयोग, खाद्य सुरक्षासँग जोडिएका सबै मुख्य पक्ष, भौतिक सुविधा र सामाजिक हैसियत)
  3. राजनीतिक क्षमता विकास ( मानव अधिकार, राजनीतिक स्वतन्त्रता, अभिव्यक्ति र सार्वजनिक नीति र राजनीतिक प्राथमिकतामाथि केही हदसम्मको प्रभाव ) राजनीतिक रुपमा कमजोर हुँदा गरिवीमा रहेका व्यक्तिले नीतिगत सुधारको पक्ष आवाज उठाउन वा गरिवीबाट मुक्ति पाउन राज्यका स्रोतसाधनमा पहुँच पाउन सक्दैन, जसले गर्दा उनीहरुको गरिवीलाई थप असर पार्छ । यस अर्थमा उनीहरुको राजनीतिक क्षमताको विकास अपरिहार्य छ ।
  4. सामाजिक–साँस्कृतिक क्षमता विकासः समुदायमा सम्मानित सदस्यको रुपमा सहभागी हुन कुनै पनि व्यक्तिलाई यस्तो क्षमता चाहिन्छ । (सामाजिक हैसियत, मर्यादा र समाजप्रतिको अपनत्वका लागि अन्य परिस्थिति निर्माण गर्नुपर्छ) । थुप्रै समाजमा सामाजिक रुपमा बहिष्करणमा पर्नु गरिवीको चपेटामा पर्ने एउटा कारण हो ।
  5. असुरक्षा तथा बेलाबखतमा देखा पर्ने भिन्नता, प्राकृतिक विपद्, आर्थिक संकट र हिंसात्मक द्धन्द्धको अवस्थामा आउने कठिनाइ जस्ता बाह्य पक्ष तथा आर्थिक चुनौतीको सामना गर्न चाहिने क्षमता विकास व्यक्तिलाई आवश्यक हुन्छ । तसर्थ हाम्रो संस्थाले त्यस्तो क्षमता विकासमा पनि काम गर्छ ।

समुदाय तहमा सहायता प्रदान गर्ने समूहको संस्थागत क्षमता विकासका लागि निम्न तरिका आवश्यक हुन्छन् ।

  1. सामाजिक, राजनीतिक र आर्थिक पहलहरुका लागि समुदाय तहमा सहायता प्रदान गर्ने समूहको क्षमता निर्माण र सवलीकरण
  2. विपन्न र पिछडिएका समुदायलाई राजनीतिक अवसर (स्पेश) दिलाउन विभिन्न गतिविधि र कार्यक्रमको निर्माण
  3. विपन्न नागरिकलाई व्यक्तिगत र सामूहिक रुपमा सहयोग र उनीहरुको परिचालन
  4. मुद्धामा आधारित भई पैरवी र वकालतका लागि सहभागिता
  5. स्थानीय तहदेखि राष्ट्रिय स्तर हुँदै अन्तराष्ट्रिय स्तरसम्म उनीहरुको सवाललाई जोड्ने
  6. नागरिक समाजका विभिन्न पक्षबीच संयन्त्र र सञ्जालको निर्माण
  7. वृहत्त सामाजिक अभियानमा संलग्नता

नेपालको संघीय प्रणालीबाट महत्वपूर्ण लाभ प्राप्त गर्न तथा माथि उल्लेखित अवधारणालाई प्रष्ट पार्न निम्न तरिकाले विस्तृत रुपमा बताइएको छ ।

  1. दीगो नतिजा÷परिणाम प्राप्तिका लागि समुदाय र उनीहरुको संस्थाको क्षमता विकास; समुदायका व्यक्तिको सशक्तिकरण भएमा उनीहरुले विकसित योजना र कार्य, स्रोतसाधन र सेवा प्राप्त गर्न सक्छन् र परिणामस्वरुप उनीहरुको आफ्नै भविष्य र काममा नियन्त्रण राख्न सक्छन् ।
  2. Partnership development to encourage partnership process among the key development partner; the communities and their support organizations (community based organizations, Local level Government Structure (Urban/Rural Municipalities, Sub/Metropolitan), International non-governmental organizations and donor agencies who share the same common vision of achieving fruits of democracy, decentralization and people centered development; and the line agencies of the government willing to devolve resources and services. The focus has to be on increasing community access to and control over resources and services while BSMN plays the facilitating role.
  3. पिछडिएका समूह र उनीहरुको संस्थाको समानुपातिक सहभागिता; ती समूह र संस्थाको हितका लागि प्रदेश र स्थानीय तहको पक्षमा नीति निर्माण, उपयुक्त विकास प्रक्रियाका लागि एजेन्डा निर्धारण, नीति तर्जुमासहित विकास प्रक्रियामा अधिकारमा आधारित सहभागिताका साथै स्रोतसाधनको परिचालन र समुदाय तहमा सञ्चालित परियोजनाको मूल्यांकन र अवलोकनमा उनीहरुको सहभागिता चाहिन्छ । साझेदार संस्थाहरुले राज्यका तर्फबाट प्रदान गर्ने स्रोत साधन र सेवामा समुदायको नियन्त्रण र पहुँच पाउने वातावरण निर्माणका लागि सहयोग गर्दछन् । स्थानीय तहमा आवधिक योजनाको तयारी र बार्षिक कार्ययोजना कार्यन्वयन सहभागितामूलक तरिकाबाट गर्ने वातावरण निर्माणका लागि मुख्य ध्यान दिनुपर्दछ । उपभोक्ता समूह (युजर ग्रुप) लाई ती योजनाको अग्रभागमा राख्नुपर्दछ, जसले गर्दा उनीहरुले कुनै पनि विकास परियोजनालाई पारदर्शी र कुशल रुपमा व्यवस्थापन गर्ने र निरन्तरता दिन सक्छन् ।
  4. आधारभूत मानवअधिकार र सुशासनको संरक्षण र प्रवद्र्धन तथा स्रोतसाधन र सेवाको शीघ्र विकेन्द्रिकरणका लागि पैरवी र लविङ । गरिवीमा रहेका राज्यविहिन नागरिकको समस्या सम्वोधनका लागि राजनीति, राजनीतिक संस्था र कर्मचारीतन्त्र (ब्युरोक्रेसी) लाई काम गर्न दवाव दिन र प्रेरित गर्न बलियो पैरवी सञ्जाल आवश्यक हुन्छ । त्यस्तै, बहिष्करणका मुद्धा र बालश्रमको समस्या समाधानका लागि पैरवी चाहिन्छ । बाल अधिकार, महिलाको अधिकार, बहिष्करणमा परेका समुदायको राजनीतिक र आर्थिक अधिकार उल्लंघनका घटनाको अनुगमन गर्नुपर्दछ । नागरिकप्रति स्थानीय तहलाई थप पारदर्शी र जवाफदेही बनाउन सुशासनका लागि पैरवी गर्न सकिएमा खाद्य, स्वास्थ्य र शिक्षाको अधिकारलाई सुनिश्चित गर्न सकिन्छ ।
  5. समुदायका व्यक्ति र उनीहरुको संस्थाको सूचना छनोट र निर्णय प्रक्रियामा सहभागीता; सबै तहमा उपलव्ध स्रोतसाधन र सेवाको प्रभावकारी प्रयोगमा सुधार तथा निर्णय प्रक्रियाको गुणस्तरमा सुधार गर्न उनीहरुलाई त्यसबारे सूसुचित भई निर्णय लिन सक्ने बनाउनु नै पर्दछ । त्यसैगरी सूचना र ज्ञानमा देखा पर्ने भिन्नता र फरक बुझाइ हटाउन उनीहरुलाई नयाँ सूचना र जानकारी तथा प्राविधिक सीप दिएर त्यसको उपयोग गर्न समेत उत्तिकै महत्वपूर्ण छ । मानवीय विकास र संस्थागत विकासको वास्तविक अवस्था उपयोग गर्न र त्यसका विभिन्न पक्षबारे उनीहरुलाई अवगत गराउन गैरसरकारी संस्थाहरुले व्यवस्थित रुपमा सूचना र जानकारी उपलव्ध गराउन सक्छन् ।
  6. राज्यका तर्फबाट उपलव्ध स्रोत साधन र सेवामा पहुँच र नियन्त्रण तथा उनीहरुबाटै त्यसको उपयोगका लागि समुदाय र उनीहरुको संगठनहरुलाई सहयोगका लागि नयाँ संस्था र सेवा केन्द्र निर्माणका लागि समुदाय तहमा उद्यमशीलताको विकास गर्न सकिन्छ । शक्तिको विकेन्द्रिकरण र बाँडफाँड गर्ने अन्तिम लक्ष्यका लागि सामाजिक र आर्थिक पूँजी तथा सामुदायिक उद्यमशीलताका आधारभूत आवश्यकता पुरा गर्न सामाजिक परिचालन एउटा प्रभावकारी माध्यम वा साधन हो ।
  7. अनुसन्धान र अभिलेखीकरण (डकुमेन्टेसन)ः विकासको क्षेत्रमा अनुसन्धान र अभिलेखीकरण अत्यावश्यक बिषय हो , जसलाई नियमित रुपमा अद्यावधिक गर्न आश्वयक हुन्छ । नयाँ योजना तर्जुमा गर्न तथा उपयुक्त सूचना र पछिल्ला तथ्याङ्क तयार पार्नुपर्दछ, त्यसका लागि अनुसन्धानले मद्धत गर्दछ ।