रणनीतिक उद्देश्य

सम्पन्न र समुुन्नत भविष्य प्रवृद्ध समाजमार्फत् नै प्राप्त हुन्छ ।

जीविकोपार्जन र दीगो आम्दानी
गुुणस्तरिय शिक्षा र प्रतिस्पर्धात्मक मानव संसाधन
मानव अधिकार सुुशासन र समावेशी लोकतन्त्र
नेतृत्व विकास र संस्थागत सवलीकरण
समानुुपातिक प्रतिनिधित्व र मूूलप्रवाहीकरण

बिषयगत क्षेत्र

सशक्त नागरिक प्रवृद्ध समाज

संस्थागत विकास
बाल संरक्षण र प्रवद्र्धन
एकीकृत सामुुदायिक विकास
समावेशी गुुणस्तरिय शिक्षा
सामाजिक समावेशीकरण र मूूलप्रवाहीकरण

बाल संरक्षण र प्रवद्र्धन

बादी सरोकार मञ्च नेपाल मुलुकभर बालबालिकाको अधिकार र सुस्वास्थ्यको संरक्षणका लागि निकै प्रतिवद्ध छ । संस्थाका बाल संरक्षणसम्वन्धि कार्यक्रमहरुले बालबालिकाले भोगिरहेका गम्भीर समस्या जस्तै बाल श्रम, बालबालिका बेचविखन, शोषण र दुव्र्यवहार तथा उनीहरुमाथि हुने विभिन्न हिंसा र विभेदलाई सम्वोधन गर्दछन् । प्रत्येक बालबालिकाले सुरक्षित, स्वस्थ र सशक्त भएर हुर्किन पाउने वातावरण निर्माणका लागि संस्थाले पैरवी गर्दै आएको छ ।

सामाजिक समावेशीकरण र मूलप्रवाहीकरण

लैङ्गिक, जातिय र वर्गीय आधारमा हुने असमानता र हिंसा अझै पनि व्याप्त छ । त्यति मात्र होइन, नेपालका महिलाहरुले पुरुषको तुलनामा निर्णय प्रक्रिया सीमित पहुँच पाएका छन् । बादी, दलित र बहिष्करणमा परेका अन्य समुदायका मानिसले जातिय, लैङ्गिक र भाषाका आधारमा हुने विभेद सामना गरिरहेका छन् । व्यक्तिको अधिकारसम्वन्धि थुप्रै नीति र कानून निर्माण भएपनि सूचना, रोजगारी र कानूनको दृष्टिमा समान मान्यताको पहुँच पाउन अझै सुधार गर्नुपर्ने आवश्यकता छ । उदाहरणका लागि दृष्टिविहिन व्यक्तिले समाजका सूचना र जानकारी पाउन आवश्यक सांकेतिक भाषाको पहुँच नपाउनु एक हो ।

महिला तथा सबैभन्दा बढी बहिष्करणमा परेका र संकटमा रहेका समूहप्रतिको पूर्वाग्रह र विभेदका कारण उनीहरुले राज्यका विकास योजना र कार्यक्रमको समान वितरणबाट लाभ लिन सकेका छैनन् । प्रगतिशील कानून निर्माणमा वृद्धि भएपनि बादी समुदाय र दलित समुदायका मानिसले केलाई छुन हुने, कहाँ जान हुने र कुन क्षेत्र काम गर्न पाउने भन्ने जस्ता सवालमा विभेदको सामना गरिरहेको थुप्रै उदाहरण र घटना समाजमा विद्यमान छन् । भाषागत अवरोध, भौगोलिक रुपमा अलग रहनु वा दुर्गम क्षेत्रमा बसोबास गर्नु जस्ता समस्याले कतिपय नागरिकले शिक्षा र सूचनाको पहुँचमा अभाव झेलिरहेका छन्, जसले गर्दा उनीहरु विकासका प्रतिफलबाट विमुख भएका छन् भने राजनीतिक, आर्थिक र सामाजिक बहिष्करणमा परिरहेका छन् । समाजका सबै तह र तप्का तथा नेतृत्व र निर्णय प्रक्रियाहरुमा महिला र बहिष्कृत समूहहरुको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नु आफैंमा एउटा लक्ष्य हो । त्यसैगरी सबै क्षेत्रको समान र समावेशी विकास प्रतिलव्धि (आउटकम) मा उनीहरुको महत्वपूर्ण योगदान रहनुपर्छ भन्ने बिषय पनि प्रणाणित भइसकेको छ ।

नेपालको संविधान २०७२ अनुसार संघीय प्रणालीमा मुलुक गएपछि महिला र बहिष्कृत समुदायको राजनीतिक प्रतिनिधित्वमा निकै वृद्धि भएको छ । संविधानले स्थानीय तहमा ४० प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुनुपर्ने र तीमध्ये २० प्रतिशत दलित महिला निर्वाचित हुनुपर्ने प्रावधान राखेको छ । त्यसैगरी संघीय र प्रादेशिक तहका जनप्रतिनिधिमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य मात्र गरिएको छैन, सामाजिक रुपमा बहिष्करणमा परेका समूहको प्रतिनिधित्वका लागि कोटा समेत निर्धारण गरिएको छ ।

बादी सरोकार मञ्च नेपालको रणनीति योजना अनुसार पहिलो तीन बर्षको कार्यन्वयनका क्रममा संस्थाले महिला, बहिष्कृत समुदाय र विपन्न नागरिकमा केन्द्रित भई तीन वटा क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा मूलप्रवाहीकरणलाई प्राथमिकता दिएको छ । ती क्षेत्र हुन्ः १) सेवा र अवसरमा उनीहरुको पहुँच वृद्धि २) विभेदकारी अभ्यास, मानसिकता र मान्यतालाई सम्वोधन गर्न उनीहरुको आवाज मुखरित गर्ने तथा सहभागिता र योगदानका लागि उनीहरुलाई संलग्नतामा वृद्धि ३) नीति निर्माण र अवरोधहरु हटाउने पहल

समावेशी र गुणस्तरिय शिक्षा

“प्रत्येक बालबालिकालाई गुणस्तरिय शिक्षा र सिकाइको अधिकार हुन्छ ।”

शिक्षा आधारभूत मानव अधिकार मात्र नभई वैयक्तिक विकास, आर्थिक उन्नति र सामाजिक विकासका लागि कोशेढुंगा पनि हो ।

समावेशी र गुणस्तरिय शिक्षा भन्नाले जुनसुकै शारिरीक, बौद्धिक, सामाजिक, भावनात्मक वा भाषिक क्षमता भएका सबै बालबालिकाले सुरक्षित तथा लैङ्गिक पूर्वाग्रहबाट मुक्त भई समानपूर्वक र प्रभावकारी रुपमा सिक्न र सहभागी हुन पाउनुलाई बुझ्न सकिन्छ । तर लैङ्गिक, गरिवी, भौगोलिक अवस्थिति, अपाङ्गता, भाषिक र जातिय रुपले सृर्जित अवरोध लगायत थुप्रै पक्षले गर्दा लाखौं बालबालिकाले गुणस्तरिय शिक्षाको पहुँच पाएका छैनन् ।

विविधता, समानता र सामाजिक न्यायलाई प्रवद्र्धन गर्ने भएकाले समावेशी शिक्षा निकै महत्वपूर्ण छ । यसले हरेक विद्यार्थी विशिष्ट प्रकृतिका हुन्छन् र उनीहरुको सिकाइ आवश्यकता फरक फरक हुन्छन् भन्ने मान्यता राख्छ । तसर्थ उनीहरुको आवश्यकता पुरा गर्न सहयोगी हुने खालको वातावरण निर्माणको खोजी समावेशी शिक्षाले गर्दछ । समावेशी शिक्षाले विद्यार्थीको सामुदायिक भावना र अपनत्वलाई समेत वृद्धि गर्न सहयोग गर्दछ, जसबाट उनीहरुको शैक्षिक र सामाजिक प्रतिलव्धि (आउटकम) लाई राम्रो बनाउन सकिन्छ ।

समावेशी शिक्षाले अपांगता भएका बालबालिका मात्र नभई सबै खालका विद्यार्थीलाई लाभ प्रदान गर्दछ । यसले सामूहिक भावनालाई प्रेरित गर्ने तथा विविधतालाई स्वीकार गर्ने सकारात्मक सिकाइ वातावरण प्रवद्र्धन गर्दछ । यसका साथै समावेशी शिक्षाले विद्यार्थीहरुमाझ सहानुभूति र बुझाइ विकास गर्न मद्धत गर्ने भएकाले यसबाट समावेशी र सबैलाई स्वीकार्य हुने समाज निर्माणका लागि योगदान गर्न सकिन्छ ।

बादी सरोकार मञ्च नेपालले विपन्न र बहिष्करणमा परेका समुदायका बालबालिका खासगरी बालिकाहरुलाई पूर्व प्राथमिक तहदेखि उच्च शिक्षासम्म समावेशी र गुणस्तरिय शिक्षाको पहुँच दिलाउने लक्ष्य राखेको छ । विस्थापित र संकट प्रभावित समुदायसहित मानवीय सहायता उपलव्ध गराउनुपर्ने बालबालिकाका लागि औपचारिक वा अनौपचारिक माध्यमबाट समावेशी र गुणस्तरिय शिक्षाको पहुँच दिलाउने कार्य गरिनेछ ।

एकीकृत सामुदायिक विकास

समुदायमा एकीकृत सामुदायिक विकास भन्नाले विकास र प्रगतिका विविध पक्ष र दृष्टिकोणलाई एकै साथ सम्वोधन गर्ने समग्र अवधारणा हो । यसले अहिले विद्यमान विकास प्रक्रिया भन्दा पृथक रही सामाजिक, आर्थिक, वातावरणीय र साँस्कृतिक पक्षसँग अन्तरसम्वन्धित बिषयलाई केन्द्रित गरेको हुन्छ । एकीकृत सामुदायिक विकास अवधारणाले दीगो विकासलाई प्रोत्साहन गर्दै विभिन्न क्षेत्रहरुबीच सन्तुलन कायम गर्ने र तालमेल गर्ने लक्ष्य राखेको छ । यसले समाजको समग्र विकासलाई अभिवृद्धि गर्ने रणनीति पहिचान गरी त्यसको कार्यन्वयनका लागि स्थानीय बासिन्दा, स्थानीय अधिकारी, व्यवसायी र गैरसरकारी संस्थासहितका विभिन्न सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिन्छ । विभिन्न पक्षको विशिष्ट गुण र विशेषतालाई ध्यानमा राख्दै एकीकृत सामुदायिक विकासले दीगो समृद्धि र समाजका सबै सदस्यहरुको गुणस्तरिय जीवनमा सुधार ल्याउन सन्तुलित र उत्थानशील समुदाय निर्माणको पहलकदमी लिन्छ ।

यो अवधारणाले एक अर्कासँग अन्तरसम्वन्धित सामाजिक, आर्थिक र वातावरणीय पक्षको पहिचान गरी सामुदायिक विकासका लागि समग्रतामा काम गर्दछ । समुदायले भोगिरहेका चुनौती र जटिलता सम्वोधन गर्न सबै क्षेत्र र बिषयमा यसले काम गर्दछ ।

निश्चित समुदाय वा व्यक्तिहरुको समूहका लागि आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय पक्षमा सुधार ल्याउने लक्ष्य राखिएको प्रक्रियालाई एकीकृत सामुदायिक विकासको रुपमा बुझ्न सकिन्छ । साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि समुदायभित्र व्यक्ति विशेष, समूह वा संस्थाको क्षमता निर्माण र सशक्तिकरण गर्न सक्ने विभिन्न गतिविधि र कार्यक्रम यसभित्र राखिएका हुन्छन् ।

    संस्थागत विकास

    संस्थाको कार्यसम्पादन, प्रभावकारिता र उन्नतिमा सुधार गर्न यसको रणनीति, कार्यप्रणाली, विधि र संस्कृतिलाई समयानुकूल परिवर्तन गर्ने योजनावद्ध र प्रणालीगत प्रक्रिया नै संस्थागत विकास हो । संस्थाको क्षमताहरु र समग्र प्रभावकारितामा सुधार ल्याउन आन्तरिक रुपमा गरिने पहल संस्थागत विकासको मुख्य पक्ष मानिन्छ । संस्थागत विकास एउटा सामान्य प्रक्रिया वा तत्कालको समाधान मात्र होइन, संस्थाका मूल्य मान्यता, रणनीति, संरचना, व्यक्ति र प्रक्रियासहितका सबै पक्ष वा निश्चित कुनै क्षेत्रमा रुपान्तरणकारी परिवर्तन ल्याउन चाहिने संगठित, सुविचारित र लामो समय लाग्ने एउटा प्रयास पनि हो । त्यस्तै, सफलता, उन्नति तथा संस्थाको हित र फाइदाका लागि निर्धारित लक्ष्य प्राप्त गर्न सक्ने तथा परिवर्तनलाई आत्मसात् गर्न सक्ने दीगो र सबल संस्थागत संस्कृति निर्माणको ध्येय राखिएको हुन्छ ।

    रणनीतिक दृष्टिकोण

    1. संस्थागत सुशासन
    2. मानवअधिकारमा आधारित विकास अवधारणा
    3. सामाजिक रुपान्तरणका लागि महिला र युवा
    4. बहुपक्षीय सरोकारवालाबीचको साझेदारी र संयन्त्र
    5. कसैलाई पनि पछाडी नराख्ने
    6. व्यापक एकीकृत सामुदायिक विकास