कार्यगत रणनीतिहरु

बादी सरोकार मञ्च नेपालका सबै कार्यहरुले विशेष रुपमा सबै तह र तप्कामा लक्षित समूह र लाभग्राहीको समावेशीकरण सुनिश्चित गर्ने गरी संस्थाको मूल्यमान्यतालाई प्रतिविम्वित गर्नेछन् । यस सन्दर्भमा बादी सरोकार मञ्चले समुदायका विपन्न र बहिष्कृत व्यक्ति र परिवारको पहिचान गर्न तथा पूर्ण सहभागिता र विकास प्रक्रियाका अवरोध पत्ता लगाउन समुदायका अगुवाहरुलाई परिचालन गर्नेछ । तसर्थ, संस्थाको रणनीतिले महिला र दलित समुदायको आवश्यकतामा उपयुक्त र संवेदनशील रुपमा ध्यान केन्द्रित गर्ने तथा अल्पसंख्यक जातिय समूहको समावेशीकरणका लागि प्रभावकारी प्रयत्न गर्नेछ । लाभग्राही (राइट होल्डर) को समावेशी सहभागिता बादी सरोकार मञ्च नेपालको आधारभूत जग हो, त्यसैले स्थानीय तहमा समुदायका मानिसको संलग्नतामा समुदायमा आधारित संस्था वा संगठन गठन गर्ने र सबै तहका कार्यक्रम र प्रक्रियामा उनीहरुलाई परिचालन गर्ने काम गर्दछ । बादी सरोकार मञ्च नेपाल अधिकारमा आधारित अवधारणा अवलम्वन गर्दै समुदायका अगुवा र मानिसलाई संगठित गरी सहभागितामूलक प्रक्रिया प्रवद्र्धन गर्न प्रतिवद्ध छ ।  

नेपालमा बहिष्करण र विपन्न नागरिकको हकमा पैरवी भन्नाले स्थानीय तहदेखि क्षेत्रीय हुँदै राष्ट्रिय स्तरसम्म नीति तथा निर्णयकर्ताहरुलाई उनीहरुको सरोकार र मुद्धामा केन्द्रित गर्ने पहलको रुपमा लिइएको छ । संस्थाले बहिष्करण र विभेदले जन्माएका संकटहरुमा ध्यानाकर्षण गराउन तथा बहिष्कृत, पिछडिएका समुदाय तथा द्धन्द्ध र जातिय विभेदको पीडितको संरक्षणका लागि गर्नुपर्ने कार्यका लागि सरकार र अन्तराष्ट्रिय संस्थालाई दवाव सृजना गर्नेछ । आवश्यकता अनुसार बादी सरोकार मञ्चले बहिष्कृत, पिछडिएका र विपन्न नागरिकको सशक्तिकरण, सहभागिता÷प्रतिनिधित्व र मूलप्रवाहीकरणका लागि सक्रिय पैरवी, पैरवीको पुर्नतार्जगी, सम्वादमूलक पैरवी र मिडियाको माध्यमबाट पैरवी र वकालत गर्नेछ ।

समुदायका खास विकास उद्देश्यको माग र त्यससम्वन्धि सचेतना अभिवृद्धिका लागि स्थानीय तहमा बढी भन्दा बढी समुदायका मानिसलाई संलग्न र प्रेरित गर्न सामाजिक परिचालनको प्रयोग बादी सरोकार मञ्च नेपालले गर्नेछ । नागरिक समाजका सदस्य र अन्य व्यक्तिले समन्वयात्मक तरिकामा योजनावद्ध सन्देशसहित सामाजिक परिवर्तनका लागि नागरिकको निश्चित आवश्यकता प्रदान गर्न काम गर्नेछन् । अर्को अर्थमा भन्नुपर्दा, सामाजिक परिचालनले एक अर्काको अन्तसम्वन्धित र परिपूरक पहलमा सम्वन्धित व्यक्तिहरुलाई सहभागी गराएर परिवर्तनका लागि सहजीकरणको काम गर्न खोज्दछ ।

बादी सरोकार मञ्च नेपालले सामुदायिक विकास समिति, महिला अधिकार संघर्ष समिति, युवा विकास मञ्च (फोरम) र बाल अधिकार समूहमार्फत् समुदायलाई परिचालन गर्ने काम बर्षौदेखि गर्दै आएको छ । महिला र बालबालिकाले प्रत्यक्ष रुपमा भोगेका सामाजिक बहिष्करण, गरिवी, अन्याय, असमानता, विभेद र हिंसा जस्ता समस्या समाधानका लागि स्थानीय स्तरको अभियान र सचेतनामूलक कार्यक्रमले संस्थाको कार्यक्षेत्रको समुदायमा प्रभाव पारेका छन् । त्यसैले, बादी सरोकार मञ्च नेपालले जिल्ला र समुदाय तहका संरचनालाई परिचालन गरेको छ ।

अहिले अवस्थामा महिला र बालबालिकाले सामाजिक र साँस्कृतिक भेद, स्रोतसाधन परिचालन कर्ता (रिसोर्स होल्डर) ले गर्ने असमान व्यवहार, लैङ्गिक असमानता, जातिय भेदभाव र गरिवीका कारण थुप्रै समस्या झेलिरहेका छन् । सामाजिक संस्थाको रुपमा बादी सरोकार मञ्च नेपालले आपत्कालिन अवस्थामा प्रभावित व्यक्तिलाई तत्कालै सहयोग प्रदान गरेको छ, जसबाट लाभग्राही (राइट होल्डर) र सेवा प्रदायक (सम्वन्धित सरोकारवाल निकाय) बीच सकारात्मक वातावरण बनाउन सहयोग भएको छ । त्यसैले परियोजना सञ्चालनका दौरान र त्यसको समाप्तिपछि बादी सरोकार मञ्च नेपालले सरकारी निकाय, स्थानीयदेखि क्षेत्रीय तह हुँदै राष्ट्रिय र अन्तराष्ट्रिय तहका सामाजिक र निजी क्षेत्रसँग सवल र अर्थपूर्ण सहकार्य गरेको छ ।

स्रोतसाधनको व्यवस्थापन

There is a five pronged strategy for resource mobilization;

  1. Contribution from the formal members of BSMN who contribute both money and time.
  2. रकम, समय र अन्य स्रोत साधन उपलव्ध गराउने समुदायको योगदान
  3. स्थानीय तहमा समुदायमा आधारित संस्थासँग विकास परियोजना सम्झौता गरी कार्यन्वयन गर्ने सरकारको तर्फबाट हुने योगदान 
  4. पैरवी कार्य र विकास गतिविधिमा रकम उपलव्ध गराउने अन्तराष्ट्रिय गैरसरकारी संस्था, दाता तथा द्धिपक्षीय–बहुपक्षीय निकाय र संस्थाको योगदान
  5. Contributions from the individuals and corporate sectors who contribute money and kinds. The INGOs and Donor agencies are encouraged to provide additional support to strengthen and management capability of BSMN and its community based networks.
 

लाभग्राही (राइट होल्डर)

बादी सरोकार मञ्च नेपाल विशेष र विविधतायुक्त लक्षित समूहका लागि उनीहरुसँगै काम गर्ने एक अग्रणी संस्था हो, ती समूहहरु नै संस्थाका लाभग्राही हुन् । लाभग्राहीको प्रकृति र आवश्यकता अनुसार उनीहरुलाई तीन वटा उपसमूहमा वर्गीकरण गरिएको छ । ती उपसमूह यस प्रकारका छन्ः

  1. बादी समुदायः बादी समुदाय संस्थाका मुख्य लाभग्राही हुन् किनभने यो समुदाय सामाजिक रुपमा वञ्चित र राजनीतिक रुपमा वेवास्ता गरिएको र आर्थिक रुपमा विपन्न अवस्थामा रहेको छ । यो समुदायलाई नेपालमा अछुत ठानिएका समुदायमध्ये पनि निकै विपन्न र गरिव हुनुका साथै गलत व्यवहार सामना गर्ने र गलत रुपमा परिभाषित समुदाय हो । 
  2. दलितः नेपालमा दलित समुदाय सबैभन्दा बढी वञ्चित व्यक्तिको समूह हो । उनीहरुले पुस्तौदेखि अछुत भन्दै गरिने अमानवीय व्यवहार भोगिरहेका छन् र तथाकथित उच्च जातले उपयोग गरिरहेको अवसरबाट उनीहरु वञ्चित भएका छन् । उनीहरुलाई अव्यवस्थित स्थानमा बस्न बाध्य पारिएको छ भने भूमिहिनकै अवस्थामा जीवन निर्वाह गर्नुपर्ने बाध्यता उनीहरुलाई छ । त्यस्तै, दलित समुदायले परम्परागत रुपमा तोकिएका सीप र कौशल प्रयोग गरेर तथाकथित उच्च जातलाई सेवा दिनुपर्ने अवस्था विद्यमान छ । दलितलाई शक्ति, पैसा र शिक्षाको पहुँच दिन अस्वीकार गरिएको स्थिति छ । यो अवस्थाले आर्थिक, शैक्षिक र सहभागिताको सवालमा दलितहरु विपन्न परिस्थितिमा रहेको प्रष्ट रुपमा देखाउँछ ।
  3. अन्य बहिष्कृत र पिछडिएका समूह÷व्यक्तिः बादी र दलित बाहेक पनि अन्य त्यस्ता समुदाय छन्, जो लामो समयदेखि राष्ट्रिय मूलप्रवाहीकरणको प्रक्रियाबाट विमुख छन् ।