
बाल संरक्षण केन्द्रको सहजीकरणमा सञ्चालित छात्राबासमा रहेका ७२ छात्रा र ५४ छात्रसहित बादी समुदायका १ सय २६ जना बालबालिका छन् । छात्राबासले सुरक्षित र पालनपोषणको वातावरण प्रदान गर्नुका साथै उनीहरुको सु–स्वास्थ्य र सुरक्षा सुनिश्चित गरेको छ । सुरक्षित स्थलसँगै बालबालिकाले शैक्षिक सुविधाको पहुँच पाएका छन्, जसबाट उनीहरुलाई आफ्नो पढाइलाई निरन्तरता दिन र आफ्नो भविष्य उज्जवल बनाउन सहयोग प्राप्त भएको छ । सामाजिक समावेशीकरणलाई अभिप्रेरित गर्न र समुदायमा रहेका विपन्न बालबालिकाको शैक्षिक आवश्यकता सम्वोधनका लागि यो पहल एउटा महत्वपूर्ण कदम मानिएको छ ।