
बादी सरोकार मञ्चका अध्यक्ष हिम्मतबहादुर बादीले काठमाडौंको इन्सीच्युट अफ सोसल वेलफेयरको तर्फबाट सन् २०२२ मा नेशनल सोसल वेलफेयर अवार्ड प्राप्त गर्नुभएको छ ।
उहाँ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत गठित बालिका तथा समावेशी शिक्षा सञ्जालको कार्यकारी सदस्य हुनुभएको छ ।
अध्यक्ष बादी कर्णाली प्रदेशमा ४० बर्ष मुनिका परिचित युवा सामाजिक अभियन्ता हुनुभएको थियो ।